कैलाली- कैलालीमा चोरीकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कैलाली प्रहरीले गौरीगंगा नगरपालिका- १० भगतपुर बस्ने २० वर्षीय केशव चौधरीलाई चोरीको आरोपमा पक्राउ गरेको हो।
कैलाली प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले उनले विभिन्न मितिमा कैलारी गाउँपालिकाका दुई स्थानमा चोरी गरेको जानकारी दिए। चौधरीले चैत २० गते कैलारी गाउपालिका- ८ पृथ्वीपुर मोहना बजारस्थित रुभान फेन्सी पसलबाट कपडा, नगद, चेक, पासबुक गरी ५३ हजार ७ सय ५० रुपैयाँ र वैशाख ४ गते कबिर एण्ड राज ट्रेडर्समा मोबाइल र राउटर गरी ४९ हजार एक सय ५० रुपैयाँ बराबरको समान चोरी गरेको जनाइएको छ।
प्रहरी टोलीले अनुसन्धान गर्दै जादाँ ती युवकबाट सामान बरामद गरेकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।