काठमाडौं–विश्वभर फैलिएको कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारले निर्माण गरेको कोरोना कोषमा थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग गरेका छन्।
बर्मामा जन्मेर थाईल्याण्डमा व्यवसाय र समाजसेवा गर्दै आएका कार्कीले नेपालीहरुको उपचार र राहतमा सहयोगका लागि रकम उपलव्ध गराएको बताए। कार्कीले रकम एनआरएनलाई हस्तान्तरण गरेका छन्। एनआरएनमार्फत् उक्त रकम नेपाल सरकारको खातामा जम्मा हुने कार्कीले बताए।
आफू नेपालमा नजन्मे पनि देशको माटो र जनतासँग जोडिएकाले विपतको घडीमा सानो सहयोग उपलव्ध गराएको कार्कीले बताए। कोरोना भाइरसले नेपाली जनतासमेत आक्रान्त भएकाले उनीहरुलाई सम्झँदै सक्दो सहयोग उपलव्ध गराएको उनले बताए । विगतमा महाभूकम्पको समयमा पनि थाइ नेपाली संघ र कार्कीले सहयोग गरेका थिए।
कार्कीले नेपालको सिन्धुपाल्चोकमा पहिलो नमुना बस्ती निर्माण गरेका थिए । नेपालका विभिन्न भागमा राहत र सहयोग पनि थाइ नेपाली संघले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।