काठमाडौं– लकडाउनको बेला काठमाडौंबाट मजदुर बोकेर दोलखा गएको बस दुर्घटना भएको छ। मन्थली नगरपालिका– ६ कुनौरीस्थित सडकमा बा २ ख ६८१८ नम्बरको मिनी बस ब्रेक फेल भई बुधबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा बसमा सवारमध्ये १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घाइतेहरुको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ।
बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।