काठमाडौं– दोलखामा अंशबण्डाको विवाद हुँदा भाइले दाइको हत्या गरेका छन्। हत्या आरोपमा इलाका प्रहरी कार्यालय मागापौवा दोलखाबाट खटिएको प्रहरी टोलीले शैलुङ गाउँपालिका– ३ गोथ्लेका ५२ वर्षीय रामबहादुर खड्कालाई पक्राउ गरेको छ।
उनले आफ्नै दाइ ५८ वर्षीय दुर्गाबहादुर खड्कालाई खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुर्गाबहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।