• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नयाँ बजेट : स्रोतको सकस, निजी क्षेत्रका अपेक्षा धेरै

64x64
सविन मिश्र बुधबार, वैशाख १०, २०७७  १२:१५
1140x725

काठमाडौं-कोरोना भारइसका कारण उत्पन्न आर्थिक संकटकै बीचमा सरकार आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तयारीमा लागेकाे छ। संकटपूर्ण अवस्थाका कारण औद्योगिक प्रतिष्ठानहरु बन्द छन्, व्यापारका श्रृङ्खला तोडिएका छन्, उपभोगको शैली फेरिएको छ। 

यो सबै हुनु भनेको सरकारको ढुकुटीमा सिधा प्रहार हो। 

हाम्रो राजस्वको दुईवटा मुख्य स्रोत आयात र मूल्य अभिवृद्धि कर हुन्। मुलुकभित्र तथा बाहिर लकडाउन हुँदा वैदेशिक व्यापार ठप्पजस्तै भएको छ। दैनिक १ अर्ब रुपैयाँ राजस्व भन्सारबाट संकलन हुने गरेकोमा मासिक २ अर्बमा सिमित भएको छ। 

आन्तरिक मूल्य अभिवृद्धि करको वृद्धिदर फागुनसम्ममा ३८ प्रतिशतसम्म पुगेको थियो। चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांक हेर्ने हो भने पनि औसतमा ३० प्रतिशतभन्दा माथि नै थियो। 

सरकारले चालु वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। यद्यपि, त्यसअनुसार पैसा उठेको थिएन। आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदा १३ प्रतिशतले राजस्व बढेको थियो।

तर अहिले अवस्था धेरै कमजोर भइसकेको छ। चैतसम्ममा सरकारले ६ खर्ब २३ अर्ब रुपैयाँ राजस्व उठाएको छ। चैतको मासिक लक्ष्यको ४८ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। 

बजेट निर्माणमा सक्रिय अधिकारीहरुका अनुसार चालु आर्थिक वर्षका लागि सरकारलाई खास समस्या छैन। तर आगामी वर्षको बजेट निर्माणमा भने उनीहरुलाई अबको बजेटमा स्रोत व्यवस्थापन नै मुख्य चुनौती छ। 'यो वर्षका लागि भन्दा पनि अर्को वर्ष के गर्ने भन्ने नै हाम्रो मुख्य चुनौती हो,' ती अधिकारीले भने। 

कोरोना भाइरस संक्रमण रोकथामका लागि सुरु गरिएको लकडाउन कहिलेसम्म जाने र यसले अर्थतन्त्रमा कस्तो असर पार्ने भन्ने विषयमा अझै केही भन्न सकिने अवस्था छैन। अन्तर्राष्ट्रिय निकायहरुले समष्टिगत अर्थतन्त्र र रोजगारीका विषयमा केही विषय बाहिर ल्याए पनि सुक्ष्म विषयमा अध्ययन भएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थ मन्त्रालयले राजस्व सचिव रामशरण पुडासैनीको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरेको छ। समितिमा रहेका अधिकारीहरु पनि राजस्वको प्रक्षेपणका सम्बन्धमा अहिलेसम्म अन्याेलकै अवस्थामा छन्। 'मुख्य कुरा अवस्था कहिले सहज हुन्छ भन्ने नै यकिन भएन,' अर्थ मन्त्रालयका एक सहसचिव भन्छन्, 'नयाँ कुराबारे छलफल गर्‍यो, सात दिनमा अवस्था धेरै फरक भैसक्छ। त्यसले कठिनाइ सिर्जना गरेको छ।' 

अर्थमन्त्री डा युवराज खतिवडा लकडाउनलाई केही खुकुलो बनाउँदै अघि बढ्नुपर्ने धारणा राख्छन्। केही दिनअघि नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छलफलमा मन्त्री खतिवडाले लकडाउनको मोडालिटी परिवर्तन हुन सक्ने संकेत गरेका थिए। 'केही व्यवसाय र केही भौगोलिक क्षेत्रमा खुकुलो बनाउन सकिन्छ कि भनेर हेरिरहेका छौं। यसतर्फ सरकारको प्रयास रहन्छ,' खतिवडाले भनेका थिए। 

आर्थिक कृयाकलाप सहज नभएसम्म राजस्व बढ्दैन। सरकारको आयस्रोत बलियो बनाइराख्न पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने हुन्छ। 

सरकारले लिन ऋणका आफ्नै सीमा हुन्छन्। दातृ निकायबाट पाउने बजेट सहायता र अनुदानको हिस्सा न्यून हुने र आयोजना तथा कार्यक्रममा आधारित ऋणको हिस्सा ठूलो हुने भएकाले सरकारले यसलाई धेरै चलाउन सक्दैन। 'आयोजनामा आधारित ऋण पनि शोधभर्ना दिने खालका हुन्छन्, यस्तो अवस्थामा एक त सरकारले त्यो पैसा अन्यत्र चलाउन सक्दैन र दोस्रो भनेको बेला पाउँदैन,' अर्थ स्रोत भन्छ। 

Xtrem

Xtrem

यद्यपि, बहुपक्षीय दातृ निकायले कोरोना भाइरसको संकटबाट माथि उठ्न विभिन्न प्याकेज तयार गरिरहेकाले त्यसबाट ऋण लिएर काम गर्न सक्ने संभावना भने रहेको अर्थकै अधिकारीहरु बताउँछन्। 'दातृ निकायले विभिन्न विन्डो सञ्चालन गरिरहेका छन्, तिनीहरुको प्रयोग हुन सक्छ,' अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल भन्छन्। 

यसबाहेक सरकारले लिने भनेको आन्तरिक ऋण हो। जुन कूल गार्हस्थ उत्पादनको ५ प्रतिशतमा सिमित राख्नुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्थामा तलरता संकुचनको अवस्था रहेमा सरकारलाई ऋण उठाउन समस्या हुन्छ। त्यसकारण यसमा पनि सरकार धेरै अघि बढ्न सक्दैन। 

निजी क्षेत्रका अपेक्षा

सरकारले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि लकडाउन गर्‍यो र आर्थिक राहत प्याकेज ल्यायो। यो प्याकेजले निजी क्षेत्रलाई खासै नसमेटेको भन्दै 'स्टिमुलस प्याकेज' ल्याउनुपर्ने उनीहरुले बताउन थालेका छन्।

यसबीचमा निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले छुट्टाछुट्टैरुपमा अर्थमन्त्रीसँग भेटेका छन्। उनीहरु सबैले सुझाव पनि दिएका छन्। सुझावको साझा निस्कर्ष छ, निजी क्षेत्रलाई उकास्ने गरी नीतिगत र कार्यक्रमगत व्यवस्था हुनुपर्‍यो।

तीनवटै संगठनका प्रतिनिधिलाई अर्थमन्त्री खतिवडाले बजेटबाट धेरै कुरा सम्बोधन हुने आश्वासन दिएका छन्। तर आफैँ स्रोतको दबाबमा रहेका अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई ठूलो राहत दिनेमा भने मन्त्रालयकै अधिकारीहरु विश्वस्त छैनन्।

'निजी क्षेत्रलाई वित्तीय क्षेत्रबाट सहुलियत दिने गरी यसअघि नै प्याकेजमा उल्लेख गरिसकिएको छ, करमा धेरै जाने ठाउँ छैन,' अर्थ स्रोत भन्छ, 'अहिलेको अवस्था सामान्यतर्फ जाने बित्तिकै धेरै कुरा आफैँ हल हुन्छन्।' 
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १२:१५
  • #Budget077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्