काठमाडौं- केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई जना नर्समा कोरोना भाइरसको संक्रमण नेगेटिभ आएको छ।
कोरोना आशंकामा उनीहरुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएको हो। उनीहरुको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका एक कर्मचारीले जानकारी दिए।
कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पपतालबाट डिस्चार्ज गर्ने तयारी भएको छ। उनीहरुको र्यापिड डाइग्नोष्टिक किटमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
तर, पिसिआरमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।