• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नयाँ बजेट : पर्यटन बिदादेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन प्राथमिकतासम्म

64x64
उत्तम काप्री बुधबार, वैशाख १०, २०७७  १०:०४
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा विषयकेन्द्रित रहेर प्राथमिकता क्षेत्र तथा नयाँ कार्यक्रमको विषयमा छलफल सुरु गरेको छ।

बजेट छलफलसँगै मन्त्रालयले पर्यटन क्षेत्रको विकास र कोरोनाबाट परेको समस्या समाधान गर्दै रिकभरका लागि आवश्यक प्याकेजका विषयमा समेत छलफल सुरु भएको सचिव केदारबहादुर अधिकारीले जनाकारी दिए।

‘आगामी वर्षका लागि मन्त्रालयको बजेट कति हुने भनेर अहिले नै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘मन्त्रालयले अहिले बजेट छलफल र पर्यटन उद्योगका लागि दिने प्याकेजको विषयमा छलफलमा गरिरहेको छ।’

बजेट छलफल र प्याकेजको विषय दुवै फरक हुनेसमेत अधिकारी बताउँछन्। बजेटभित्र प्याकेज समावेश नहुने र बजेटमा साधरण त विकास निर्माणका विषयहरु प्रमुख प्राथमिकतामा रहने अधिकारीको भनाइ छ।

आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयले निर्माणको चरणमा रहेको मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवको आयोजनाहरुको काम समयमै सक्ने गरी अगाडि बढ्ने र त्यसका लागि आवश्यक रकमको व्यवस्थापन हुने उनले बताए। 

‘निर्माणको तयारी भइरहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषय अदालतमा रहेका कारण धेरै कुरा गर्न सक्ने अवस्था छैन,’ सचिव अधिकारीले भने, ‘यो नियमित प्रक्रियामा नरम हिसाबले नै अगाडि बढिनेछ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने निमार्ण सम्पन्न गर्ने र सञ्चालनमा ल्याउने गरी मन्त्रालयले तयारी गरेको छ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कोराेनाका कारण केही ढिला भएको छ। लकडाउन खुलको २ महिनामा मोटामोटी काम सम्पन्न हुने अवस्थामा छ। जसका कारणले यो विमानस्थल सञ्चालनको विषय प्राथमिकतामा पर्छ,’ उनले भने।

पोखरा क्षेत्रीय विमानस्थलमा पनि केही मात्रामा काम भइरहेको छ। जसका कारण निर्धारित समयभन्दा ६ महिना अगाडि नै सम्पन्न हुने अवस्थामा भएका कारण अझै पनि तोकिएकै समयमा सम्पन्न गर्ने सक्छौं भने आशामा आफूहरु रहेको र सोही अनुसार बजेट व्यवस्थापन हुने अधिकारीले नेपाललाइभसँग बताए। यसको निर्माण सम्पन्न हुने समय २०२१ को जुलाई रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने प्यारालल  ट्याक्सी वे निर्माणको काम थालनी गर्ने गरी यो विषय नयाँ बजेटमा राख्ने तयारी भएको उनले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र केही भवन तथा संरचना थप्ने विषयमा पनि छलफल भएको छ। 'केही भवनहरु निर्माण हुन सक्छ, त्यसमा अन्तर्राष्ट्रिय टर्मिनल भवनको विषय पनि छ,' उनले भने। तर, धेरै ठूलो विकास निर्माणको विषय बजेमा पर्ने सम्भावन कम रहेको उनको भनाइ छ।

‘प्याकेजको विषयमा भने अर्थ मन्त्रालयमा पठाएको छौं। सुहलियत दरको ऋण र पुनर्कर्जाको विषयमा पनि त्यसमा रहेको छ। त्यसमा अर्थ मन्त्रालयले के गर्छ,’ उनले भने।

तर अहिले हामीलाई पर्यटनको क्षेत्रमा दुईवटा ठूलो समस्या खडा भएको छ। जसमा नेपाल वायुसेवा निगमको व्यवसाय विस्तारको योजना पनि नयाँ बजेटमा समावेश हुने अधिकारी बताउँछन्। निगमलाई जहाज थप्न दिनेदेखि अहिलेका कार्यकारी अध्यक्षलाई सहयोग गर्ने विषय पनि प्रमुख प्राथमिकतामा रहेको उनले बताए। 

उनका अनुसार होटल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले नयाँ कार्यत्रमको रुपमा पर्यटन बिदाको अवधारणालाई अगाडि सार्न खोजेको छ। यसका आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारी तथा गैरसरकारी कर्मचारीका लागि १५ दिन वा एक महिना पर्यटन बिदा दिने र अनिवार्यरुपमा घुम्न जानुपर्ने गरी केही विषय आउने अधिकारी बताउँछन्। त्यसमा एक महिनाको सेवा तलब दिने गरी सिफारिस भएको छ। मन्त्रालयले योसँगै पर्यटन विभागमार्फत् पनि ६ वटा प्याकेजको विषयमा पनि छलफल गरिरहेको अधिकारी बताउँछन्।

एउटा रोजगारीका लागि सस्तो ब्याजमा ऋण व्यवस्था गर्ने विषयमा रहेको उनले बताए। जसमा विना २० देखि २५ लाख रुपैयाँसम्मको ऋण दिनुपर्ने विषय छ। साथै सहुलियत दरमा पुनर्कर्जाको प्याकेजमा पनि छलफल भइरहेको र ब्याज छुट, भाडामा छुटको विषय पनि अगाडि सारिएको अधिकारीले बताए। साथै हिमाल आरोहणको शूल्क घटाउने विषय पनि प्राथमिकतामा रहेको उनले जानकारी दिए।
 

 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १०:०४
  • #Budget077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्द... शनिबार, भदौ २७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र... शनिबार, भदौ २७, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्