काठमाडौं-कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ जम्मा भएको छ। सरकारले राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर सहयोग गर्नेहरुलाई आग्रह गर्दै आएको छ।
यस कोषमा सबैभन्दा धेरै नेपाल आयल निगम र नेपाल सरकारले ५०/५० करोड रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ, नेपाल टेलिकमले १२ करोड, एनसेलले १० करोड, कर्मचारी सञ्चयकोष र बिमा समितिले ५/५ करोड रुपैयाँ सहयोग गरेका छन्।
अधिकाश सरकारी कार्यालय, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्थाले सहयोग प्रदान गरेका छन्। हिमानी ट्रष्टले पनि दुई करोड रुपैयाँ सहयोग गरेको छ।
कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम खर्च हुनेछ। सरकारले खर्च गर्ने कार्यविधि बनाएको छ। उक्त कार्यविधि अनुसार रोकथाम तथा नियन्त्रण र उपचारका लागि खर्च हुनेछ।
कोषमा यति धेरै रकम जम्मा भए पनि सरकारले पर्याप्त मात्रामा स्वास्थ्य उपकरणसमेत खरिद गर्न सकेको छैन। लकडाउनका कारण धेरै मानिसहरु खान नपाउने अवस्था आउँदैछ। दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको दैनिक कष्टकर बन्दै गएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।