एजेन्सी–साना व्यवसाय र अस्पताललाई सहयोग गर्न अमेरिकी सिनेटबाट ४८० बिलियनको प्याकेज पारित भएको छ। प्याकेजमा कोरोना भाइरसको महामारीबाट प्रभावित साना व्यवसायलाई फण्ड उपलब्ध गराउने र कोरोना भाइरसको परीक्षण बिस्तारका लागि अस्पतालहरुलाई सहयोग गर्ने उल्लेख छ।
सिनेटबाट उक्त प्याकेज ध्वनीमतका आधारमा पारित भएको हो। अब यो प्याकेज तल्लो सदनमा गएको छ। त्यहाँ बिहीबार मतदान हुने अपेक्षा गरिएको छ ।
प्याकेजको पूरै रकम ४ सय ८४ बिलियन रहेको जनाइएको छ। डेमोक्रेटिक नेताहरुले अर्को बृहत उद्दार बिल ल्याउनका लागि योजना बनाइरहेका छन्।
आज सिनेटबाट पारित प्याकेज २५ पेजको रहेको छ। प्याकेजले पेचेक प्रोटेक्सन कार्यक्रमका लागि थप ३१० बिलियन प्रदान गर्ने भएको छ। ७५ बिलियन अस्पतालहरुलाई दिइने छ भने २५ बिलियन कोभिड १९ को परीक्षणमा खर्च गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।