काठमाडौं- काठमाडौंको कोटेश्वरमा मंगलबार साँझ भीडभाड थियो। मानिसहरु गाउँ फर्कनका लागि लकडाउन उल्लंघन गर्दै एकपछि अर्को समूहमा भेला हुन थालेका थिए।
काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला छाडेर दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लामा जानका लागि मानिसहरू कोटेश्वरस्थित सडकमा भेला भएका थिए। बच्चा बोकेर , महिला र बिरामी पनि उक्त समूहमा भेला भएका थिए।
लकडाउनका बेला सरकारले जो जहाँ छ त्यहीँ बस्ने भने पनि मानिसहरू उपत्यका छाडेर आ-आफ्नो घरतर्फ जान लागेका हुन्। स्थानीय तहले सवारी साधन रिजर्भ गरी पठाइदिएको भन्दै मानिसहरू घर फर्किन सडकमा आएका हुन्। प्रहरी अघि पछि झैं सडकामा आएका मानिसहरुलाई धपाउने भन्दा उनीहरुलाई गाडी चढाउने सहजीकरण गरिहरेको थियो। सामाजिक दूरीभन्दा मानिस कसरी गाउँ पुग्ने भन्दै गाडी चढ्ने हतारोमा देखिन्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।