काठमाडौं- वेस्टर्न युनियन मनि ट्रान्सफरले नेपालीहरुको घर घरमै रेमिट्यान्सको सुविधा प्रदान गर्ने भएको छ। अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिट्यान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको हो।
एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की आफन्तले पठाएको रकम प्राप्त गर्न सक्नेछन्। सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड—१९‚ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिट्यान्सले उनीहरुको रकम घरमै पुर्याउने भएको हो। होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ।
ग्राहकहरुको घर घरमा पैसा डेलिभर गर्ने यो नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पुर्याउनेछ। बैंक खाता नभएकाहरुले पनि यो सेवा प्राप्त गर्ने वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले जानकारी दिए।
ग्राहकहरुले आफ्नै घरबाट आरामसँग रकम प्राप्त गर्न सक्ने अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले जनाए।
एकपटक प्रेषकद्वारा पैसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन्। ग्राहकहले अन्नपूर्ण ट्राभल एण्ड टुसको फोन नम्बर ०१४२२३५३०, हुलास रेमिटान्सको सम्पर्क नम्बर ९८५१०१९९७३ मा फोन गरेर जानकारी दिन सक्नेछन्।
ग्राहकको अनुरोधपछि एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउनेछन्। एकपटक विवरण प्राप्त गरी प्रमाणित भएपछि एजेन्टका प्रतिनिधिहरु रकम प्राप्त गर्नेको घरमा पुग्नेछन्।
रकम हस्तान्तरण गर्नुअघि एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन्। सफल प्रमाणीकरण पश्चात एजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।