काठमाडौं- प्रहरी प्रधान कार्यालयले रिक्त १९ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को बढुवा गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले १९ जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो।
बढुवाका लागि तीन दर्जनभन्दा बढी एसपी लाइनमा थिए। बढुवा हुनेमा वीरेन्द्र कुमार बस्नेत, जनक कुमार भट्टराईलगायत छन्।
नेपाल प्रहरीमा एसएसपी बढुवाको लागी गृहसचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य तथा एआइजी सदस्यसचिव रहने व्यवस्था छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।