काठमाडौं- मोबाइल फोन इम्पोर्टस एसोसिएनसले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि काम गर्ने सुरक्षा निकायलाई मास्क आवश्यक पर्ने भएकाले एसोसिएसनले मास्क हस्तान्तरण गरेको जानकारी दिएको हो।
एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई मास्क हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।