काठमाडौं- नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४१ पुगेको छ। गत जनवरी २३ मा पहिलो पटक नेपालमा देखिएको कोरोना संक्रमितको संख्या ३ महिनाको अवधिकमा ४२ जनामा पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै थप १० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जना गरी १० जना नयाँ संक्रमित भेटिएका हुन्।
उनीहरुको सुरुमा विराटनगरस्थित कोशी अस्पतालमा प्रयोगशाला परीक्षण गरिएको थियो। त्यहाँ पोजेटिभ आएपछि थप परीक्षणका लागि बिपी प्रतिष्ठानमा पठाइएको थियो। प्रतिष्ठानमा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।
उदयपुर जिल्लामा मात्र कोरोना भाइरस संक्रमितको संख्या भने २३ जना पुगेको छ। यसअघि उदयपुरमा १३ जना कोरोना संक्रमित भेटिएका थिए। उनीहरु सबैको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। उदयपुरमा भेटिएका सबै २३ जना नै त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका व्यक्तिहरु हुन्
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएर पनि निको हुनेको संख्या ५ पुगेको छ। मंगलबार मात्र सेती प्रादेशिक अस्पतालबाट एक जना कोरोना संक्रमण नदेखिएपछि घर फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।