काठमाडाैं- कोरोना भाइरसको परीक्षण सबै नागरिकमा तत्काल गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। त्यस्तै कोरोना भाइरसका कारण कालोबजारी र मूल्य वृद्धि भइरहेकाले त्यसको पनि प्रभावकारी अनुगमनको माग रिटमा गरिएको छ।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट सर्वोच्चमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको हो। रिटमा ६ बुदाँमा परमादेशको आदेश जारी हुनपर्ने माग गरिएको छ। लकडाउनकाे प्रभावकारी व्यवस्थापन र अन्य देशका असल अभ्यासलाई अंगिकार गर्न कार्ययोजना घोषणा गर्न माग गरिएको छ।
संक्रमणको सम्भावना रहेका सबै नागरिकमा तत्काल कोरोना परिक्षण गर्न निवेदनमा माग गरिएको हाे। कोरोना र कारोना बाहेका सबै बिरामीकाे नियमित उपचार गर्ने व्यवस्था मिलाउन, राहतको आवश्यकता रहेका व्यक्तिहरुलाई विना भेदभाव तत्काल सुरक्षित आवास र खानपानको व्यवस्थापन गर्न, अत्यावश्यक वस्तुको बजार अनुगमन गर्न आदेशको माग गरिएको छ। त्यस्तै अत्यावश्कीय वस्तुको मूल्य निर्धारण गरी आवश्यक गुणस्तर परीक्षणलगायतका कार्य गर्न आदेशको माग रिटमा गरिएको छ। रिटको पेशी भोलि (बुधबार)लाई तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।