काठमाडौं- नेपालमा मंगलबार थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो।
मंगलबार दिउँसो एक जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। योसँगै मंगलबार साँझ थप ९ जनामा कोरोना देखिएको हो।
मंगलबार थपिएका १० जनासहित नेपालमा ४१ जनामा कोरोना संक्रमण भेटिएको छ। यी मध्ये ५ जना उपचारपछि निको भइसकेका छन्।
धरानमा परीक्षण गरिएका ८ जना पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका व्यक्तिहरु हुन्।
उनीहरुको सुरुमा विराटनगरस्थित कोशी अस्पतालमा प्रयोगशाला परीक्षण गरिएको थियो। त्यहाँ पोजेटिभ आएपछि थप परीक्षणका लागि बिपी प्रतिष्ठानमा पठाइएको थियो। प्रतिष्ठानमा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।