काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि पार्टीमा विवाद बढ्दै गएकाले स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।
‘अध्यादेशका विषयमा सचिवालय बैठकबाट हल हुन सकेन। स्थायी कमिटी बैठक पनि बस्ने बेला भयो,’ गजुरेलले भने, ‘साथीहरुले अध्यादेशका विषयमा स्थायी कमिटी बैठकमा घनिभूत छलफल गरी निष्कर्षमा पुग्नु पर्छ भन्न थाल्नु भएको छ।’ महामारीका बेला राहत र उद्धारमा खटिनु पर्नेमा सरकारले अध्यादेश ल्याएर अनावश्यक विवाद सिर्जना गरेको गजुरेलले बताए। अध्यादेश पार्टीहरुलाई विभाजित मात्रै गर्ने नभई राजनीति अस्थिरता हुने उनको भनाई छ।
अध्यादेश पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली समूह, अध्यक्ष प्रचण्ड समूह र वरिष्ठ नेता माधव नेपाल समूहले मंगलबार भेटघाटलाई बाक्लो बनाएका छन्। अध्यादेशले नेकपा मात्रै नभई सबै पार्टीमा ठूलो खैलाबैला मच्चाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।