काठमाडाैं- सर्वोच्च अदालतले लकडाउनको समयमा अति आवश्यक वस्तुहरुको आपूर्ति कसरी भइरहेकाे छ भन्ने बारेमा सरकारसँग जवाफ माग गरेको छ।
सर्वाेच्चले मेडिकल सामग्री सप्लाई, खानेपानी, खाद्य सामग्रीको आपूर्ति र मानिसहरुमाथि मानवीय व्यवहार प्रर्दशनको विषयमा सरकारकासँग जवाफ माग गरेको हाे। अधिवक्ता शैलेन्द्रप्रसाद हरिचनलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेशसहित छलफलमा बोलाएको छ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले सर्वोच्च अदालतमा कोरोना सम्बन्धी अन्य सार्वजनिक सरोकारका निवेदन पनि सुनुवाईको क्रममा रहेको भन्दै उक्त निवेदनलाई पनि साथै राखेर सुनुवाई गर्न बैशाख ११ गते महान्यायाधीवक्ता नै अदालतमा उपस्थित हुने भएकाले सोही दिन दुवै पक्षको छलफल हुने आदेशमा उल्लेख छ।
यसअघि सर्वोच्चले विदेशमा रहेका नागरिक र सीमामा आलत्रप रहेका नागरिकहरुको बारेमा अन्तरिम आदेश जारी गरेको थियो।
आदेशकाे पूर्ण पाठ


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।