इटहरी- लकडाउनको कारण बिचल्लीमा परेका ११ भारतीयको उद्दार गरिएको छ। भोजपुर हिँडेका उनीहरु लकडाउनको कारण चैत ८ गतेदेखि इटहरी २० तरहराको जडिबुटी प्रशोधन केन्द्रमा बस्दै आएका थिए।
उनीहरुलाई कोरोनाको र्यापिड टेस्ट गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएपछि केहिदिन इटहरीकै क्वारेन्टाइनमा राखिने इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए। उनीहरु चैत्र ८ गते नै सो स्थानमा आएको र लकडाउनका कारण त्यहीँ बस्दै आएको उनको भनाइ छ।
सल्लाको खोटो संकलनका लागि भोजपुरतर्फ हिँडेको तर लकडाउनका कारण सवारी नचल्दा रोकिएर तरहराको जंगलमा बसेको भन्डारीले जानकारी दिए।
सञ्चार माध्यममा मुस्लिम समुदाय र कोरोना फैलाउने समुह हो भन्ने जसरी समाचार आएकोप्रति चिन्ता व्यक्त गर्दै उनले सत्य तथ्यमात्र बाहिर ल्याइदिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।