काठमाडौं- निजी विद्यालयले वैशाख १५ गतेबाट विद्यालय तहको पढाइ सञ्चालनको तयारी गर्ने बताएको छ। एन प्याबसनका अध्यक्ष ऋतुराज सापकोटाले अनौपचारिक भएपनि कक्षा सञ्चालन गर्ने तयारी भएको बताए।
‘कक्षा सञ्चालन गर्न निकै नै कम्पलिकेटेड छ,’ सापकोटाले भने, ‘सरकारसँग समन्वय गरेर चलाउँछौं।’ प्याबसनका महासचिव कुमार घिमिरेले भने वैशाख १५ गतेबाट नतिजा प्रकाशनको तयारी गर्ने र अनलाइन पढाउन सम्भव छ/छैन सम्भाव्यता अध्ययन गर्ने बताए।
‘हाम्रोमा चुस्त र सबैको पहुँचमा इन्टरनेट छैन,’ घिमिरेले भने, ‘वैशाख १५ पछि पनि यही अवस्था रहेमा के गर्ने भन्नेबारे अभिभावक र सरकारसँग सल्लाह गर्छाैं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।