काठमाडौं– भारतीय राष्ट्रपति कार्यालयमा पनि कोरोना संक्रमण देखिएको छ। राष्ट्रपति कार्यालयमा काम गर्ने एकजना महिला कर्मचारीलाई मंगलबार कोरोना देखिएको छ।
राष्ट्रपति कार्यालयमै कार्यरत कर्मचारीलाई कोरोना देखिएपछि दिल्ली प्रशासनले १ सय २५ जनालाई क्वारेन्टाइनमा राखेको छ। दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्रर जयनले राष्ट्रपति कार्यालयकी कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उनकाे अहिले उपचार भइरहेको जानकारी दिए।
‘राष्ट्रपति भवनमा कार्यरत एक जनालाई कोरोना देखिएको छ र १ सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने।
अधिकारीहरुका अनुसार उनलाई बिरला मन्दिर कोभिड–१९ स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ। उनकी छोरीको पनि काेराेना परीक्षण गरिएको तर रिपोर्ट नेगेटिभ देखिएको बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।