काठमाडौं- चैत महिनामा ३ हजार ६ सय ३२ केजी कण्डम आयात भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नवौँ महिना चैतमा यो परिमाणमा कण्डम आयात भएको हो।
विभागको तथ्यांक अनुसार नेपालमा चैतसम्ममा १ लाख ७ हजार ५०८ केजी कण्डम आयात भएको छ। फागुन मसान्तसम्ममा १ लाख ३ हजार ८७६ केजी कण्डम आयात भएको थियो।
यो परिमाणमा कण्डम भित्र्याउन नेपालबाट १२ करोड रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले जम्मा ४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ।
विभागका अनुसार नेपालमा सबैभन्दा धेरै भारतबाट कण्डम आयात हुन्छ। चैतसम्ममा भारतबाट ८७ हजार ९५० केजी कण्डम आयात भएको तथ्यांकमा उल्लेख छ।
त्यसबाहेक बंगलादेश, भुटान, चीन, जर्मनी, दक्षिण कोरिया, मलेसिया, सुडान, थाइल्याण्ड र अमेरिकाबाट कण्डम आयात भएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।