काठमाडौं- नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले प्रधानमन्त्रीप्रति आक्रोश पोखेका छन्।
‘संवैधानिक परिषद् खारेज गरौं, सम्बन्धित निकायहरूमा प्रधानमन्त्रीले स्वविवेकमा नियुक्ति गर्ने प्रावधान राखौं। अख्तियार खारेज गरौं, भ्रष्टाचारका उजुर हेर्ने, मुद्दा चलाउने, फैसला गर्ने, दन्ड सजाय तोक्ने सबै कार्य प्रधानमन्त्रीको जिम्मा लगाऊँ’, समाजिक सञ्जाल ट्विटरमा पाण्डेले लेखेका छन्।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश ल्याएको थियो। जुन हिजै राष्ट्रपतिबाट जारी भइसकेको छ। शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई केन्द्रमा राख्दै सहमतीय प्रणालीबाट निर्णय हुने अपेक्षा गरिएको संवैधानिक परिषद्लाई प्रधानमन्त्रीले चाहे जुनसुकै बेला निर्णय हुनसक्ने नयाँ प्रावधानको सुरुवात गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।