काठमाडौं–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुट्ने गरी विवाद नभएको स्पष्ट पारेका छन्।
‘पार्टीमा भित्रभित्रै के–के खेल भईरहेको छ। थाहा छैन,’ यादवले नेपाल लाईभसँग कुरा गर्दै भने, ‘पार्टी फुट्ने गरी कुनै नेता वा सांसदले असहमति राख्नु भएको छैन।’
दल फुटाउन सजिलो हुने गरी ल्याएको अध्यादेशले राजनीतिमात्रै नभई लोकतन्त्रप्रति नै घृणा पैदा गराउने यादवले बताए। ‘प्रधानमन्त्रीज्यूले आफ्नो पार्टी फुटाउन नभई अरु पार्टी फुटाउन ल्याएको अध्यादेश भनिए पनि त्यसले लोकतन्त्रलाई हानी गर्छ,’ यादलले भने, ‘महामारीका वेला अध्यादेश जारी गरेर प्रधानमन्त्रीले वेमौसमी बाजा बाजा बजाउने काम गर्नु भयो ।’ यस अध्यादेशले राजनीतिक अस्थिरता निम्तने निश्चित भएको यादवले बताए।
समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव,उपमहासचिव एवं पूर्व सहरीमन्त्री मोहम्द इस्तियाक राई र केन्द्रीय सदस्य प्रदीप यादव पार्टीले फुटाउन चर्चा छ। पार्टीभित्र असन्तुष्ट भएको भन्दै मन्त्री हुन दल फुटाउन सजिलो हुनेगरी प्रधानमन्त्रीलाई अध्यादेश ल्याउन लगाएको आरोप लागेको छ। तर, यादवले आफूहरुले पार्टी फुटाउन खोजेको विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।
‘म अलपत्र परेका रोल्पा रुकुमका सर्वसाधारणलाई उद्धार गर्न जोगबनी गएको थिएँ। कोरोना संक्रमितसँग भेटेको भन्दै सरकारले १४ दिनका लागि क्वारेन्टाईनमा राखेको छ। बल्ल आज निस्कँदै छु,’ यादवले भने, ‘तर बाहिर मलाई पार्टी फुटाउन गुटमा लागेको आरोप लागेछ । त्यो हल्लामात्रै हो त्यसमा कुनै सत्यता छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।