• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

रेमिट्यान्सको विकल्प साना परियोजनामार्फत् रोजगारी सिर्जना

तत्काल राहत प्याकेज नल्याए अर्थतन्त्र धरापमा
डा. डिल्लीराज खनाल मंगलबार, वैशाख ९, २०७७  ०८:२७
1140x725

नेपालका लागि रेमिट्यान्स लाइफलाइन हो। रेमिट्यान्सले समग्र व्यापार व्यवसायका साथै सरकारको राजस्वसमेत बढिरहेको छ। यसैले बैंक चलेका छन्। रियल इस्टेटदेखि लिएर सहरकेन्द्रित लगानी बढेको छ। जसको घरमा रेमिट्यान्स पुग्छ उनीहरुका परिवारको उपभोग गर्ने क्षमता बढेको छ। रेमिट्यान्सले नै नेपालको आयातलाई थेगेको छ। 

अहिलेको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ। त्यसैले यसको असर तत्कालै पर्नेछ। अझ दीर्घकालीन रूपमा पनि निकै ठूलो असर पर्न सक्ने देखिन्छ। यसले अर्थतन्त्रमा मात्रै नभएर विभिन्न क्षेत्रमा ठूलो संकट ल्याउने देखिन्छ। विदेशमा बसेकाहरू फर्किँदा एक प्रकारको दबाब देखिन्छ। यस घटनासँगै अहिलेसम्म हामी जसरी रेमिट्यान्समा भर परेका छौँ त्यसरी भर पर्न नहुने रहेछ भन्ने अवगत गराउँछ। 

कोरोनाको प्रभावले बाह्य पर्यटक आउने सम्भावना धेरै कम हुन्छ। विश्वव्यापीरूपमा मानवीय व्यवहार र सम्बन्धहरु परिवर्तन हुँदै छन्। विदेशी लगानी, विदेशी सहायतालगायतका कुराहरु फरक हिसाबले अगाडि बढ्नेछ। खासगरी सामाजिक, व्यापारिक, कूटनीतिक सबै सम्बन्धहरु नयाँ ढंगबाट तय हुनेछ। त्यही अनुरूप हामी एउटा विचित्रको परिस्थितिबाट अगाडि बढ्दै छौँ। यी सबै कुराहरुसँग रेमिट्यान्सलाई जोडेर हेर्नुपर्छ। यस परिस्थितिले अबका दिनमा नयाँ सिराबाट अगाडि बढ्नु पर्ने आवश्यकतालाई संकेत गर्दैछ। 

हाम्रा सम्भावनाका क्षेत्रहरु खासगरी साना उद्योग व्यवसायहरु साथै अन्य तुलनात्मक लाभका क्षेत्रहरुलाई अगाडि बढाउन सकिन्छ। जस्तै विदेशी पर्यटक भएनन् भने पनि आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम अगाडि बढाउन सकिन्छ। सम्भावनाका क्षेत्रहरुमा एकदमै फोकस गरेर जानुपर्छ जसका कारणले स्वयं रोजगारी वा पर रोजगारी दुइ वटैको सम्भावनालाई एकैसाथ अगाडि बढाउन सकिन्छ।

पहिलाकै हिसाबले व्यापार व्यवसाय अगाडि बढ्दैनन् त्यसैले पहिलेकै नीतिहरुले अब काम गर्दैन। यस असाधारण महासंकटको अवस्थामा असाधारण कदमहरू चाल्नुपर्छ। यस महासंकटको समयमा असाधारण तरिकाले साधारणरूपमा संबोधन गर्दै त्यहीअनुरूप कदमहरु चाल्नुपर्छ।

अहिलेको क्षतिलाई राहत दिन सरकारले बजेटसम्म कुर्नु हुँदैन। सरकारले यस्तो विषम परिस्थितिमा पनि राहत दिनै सकेन। सरकारको राहत अपुरो भयो। धेरै मानिसहरु राहतको सीमाभन्दा बाहिर भए। यसले गर्दा आज हामीले यति धेरै बिचल्ली देखिरहेका छौं। डरलाग्दो स्थिति छ। मानिसहरु भोकभोकै मर्ने अवस्था आइरहेको छ। 

राहतको प्याकेज र अर्थतन्त्रलाई उकास्ने गरि प्याकेज ल्याउनुपर्छ। अहिलेको ग्यापलाई मूल्यांकन गर्दै तत्काल राहतका प्याकेज ल्याउनुपर्छ। यसका लागि सरकारले केही गृहकार्य गरिरहेको छ। यसलाई बृहतरूपमा अगाडि बढाउनुपर्छ। 

बजेट र अहिले सरकारले गरिरहेको गृहकार्यलाई एकीकृत गरेर जानुपर्छ। केही समयपछि अलि बृहत राहत प्याकेज ल्याउने गरी अलि व्यापकरूपमा बजेटको बाटो, योजनाको बाटो र विकासको बाटोलाई फरक ढंगले लैजानु पर्‍यो। 

Ncell 2
Ncell 2

फरक ढंगले जाने त्यस्ता बाटोहरु बृहत हुनुपर्छ। तत्कालीन्, मध्यमकालीन् र दीर्घकालीन् योजनासहित अघि बढ्नुपर्छ। तत्काललाई एउटा प्याकेज ल्याएर राहत दिनैपर्छ। पहिलो कुरा मानिसलाई बचाउनु पर्‍यो। रोग भरसक नलागोस, रोग लागेमा उपचार होस। 

उपचार तथा परीक्षणका लागि हामीसँग नभएका क्षमता, भौतिक पूर्वाधारलाई कम्तिमा स्थानीय तहसम्म पुर्‍याउनु पर्छ। परीक्षण गर्ने क्षमताको विकास गरेर मास टेस्ट तथा ट्र्याकिङ गर्नुपर्छ। सबैभन्दा पहिलो प्रथामिकता कोही पनि मानिस नमरुन् भन्नेतर्फ हुनुपर्छ। हाम्रो प्राथमिकता कोरोनासँग जुध्नेतर्फ हुनैपर्छ। 

दोस्रो कुरा मानिसहरु भोक-भोकै मरेका छन्। बिचल्लीमा परेका छन्। खान पाएका छैनन्। उनीहरूका लागि काम गर्नुपर्छ। सञ्चार माध्यमबाट ठूलो दबाब आएपछि मात्रै यसो गर्नु भन्ने निर्देशन दिनु गैरजिम्मेवारी हो। 

सरकारले कमसेकम पनि न्यूनतम आवश्यकता पुरा नहुन्जेलसम्मका लागि समपुरक योजनासहित समाधानको बाटोतर्फ जानुपर्छ। यसका लागि सरकारले लगानी गर्नुपर्छ। आपूर्ति व्यवस्था नियमित हुनुर्छ। मानिसहरुले अत्यावश्यक वस्तु तथा सेवा प्राप्त गर्न सक्ने अवस्था बनाउनुपर्छ। सबैभन्दा ठूलो कुरा वस्तु तथा सेवा प्राप्त गर्नका निम्ति उनीहरूसँग शक्ति हुनुपर्छ। 

यस्ता समग्र विषयवस्तुलाई अर्थतन्त्रसँग जोड्ने योजना सरकारसँग हुनुपर्छ। त्यसका लागि सबैभन्दा धेरै ध्यान कृषिमा दिनुपर्दछ। सबैभन्दा धेरै खपत कृषि उपज हो। कृषि उत्पादनसँग जोडेर साना उद्योगकाम लागि प्रोत्साहन गर्नु पर्नेछ। जसका कारणले हाम्रा स्रोत र साधन अधिकतम प्रयोग होस्। रोजगारी प्राप्त हुने अझ स्वरोजगारीमा जान सक्ने वातावरण बनोस। त्यो प्रकारको फोकससँगै हाम्रा प्राथमिकताका आधारमा सुनिश्चित गर्नुपर्छ। 

अर्थतन्त्रलाई उकास्ने तथा केही राहात प्रदान गर्ने हिसाबमा मौद्रिक नीति तथा सरकारको नीति तथा कार्यक्रममार्फत केही राहतका लागि ‘फिस्कल स्टिमुलर’को व्यवस्था गर्नुपर्छ। केही समपूरक योजनासहित ऋण तिर्न नसकेका उद्योगी व्यवसायीलाई राहत प्रदान हुने गरी त्यस्ता कार्यक्रम ल्याउनुपर्छ। 
साना व्यवसायी तथा साना किसानहरु सबैभन्दा धेरै जोखिममा छन्। टिक्न सक्ने अवस्थामा छैनन्।

उनीहरूको व्यवसायलाई प्रमोट गर्ने गरी विशेष सुविधा उपलब्ध गराउनुपर्छ। सरकारले वित्तीय र मौद्रिक नीतिमार्फत वित्तीय उत्प्रेरणाको कार्यक्रमलाई कम्प्लिमेन्ट्रिको रूपमा मिलाएर लैजानुपर्छ। तुलनात्मक लाभका क्षेत्रलाई प्राथमिकता प्रदान गर्दै समानान्तर रूपमा मेगा प्रोजेक्टलाई अगाडि बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:२७
  • #dillirajkhanal

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपाली रुपैयाँ निरन्तर कमजोर
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्