एजेन्सी–कोरोना भाइरसका संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ। गत डिसेम्बरको अन्तिम साताबाट सुरु भएको यो भाइरसले सबैभन्दा बढी प्रभाव अमेरिकामा पुर्याएको छ। अमेरिकामा ७ लाख ८४ हजार ५ सय ९९ जना संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढीको मृत्यु भएको छ।
अर्को बढी प्रभावित मुलुक स्पेनमा संक्रमितको ंसंख्या २ लाख नाघेको छ भने २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। यस्तै, इटालीमा १ लाख ८१ हजार २ सय २८ जना संक्रमित भएका छन् भने २४ हजार १ सय २४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।