काठमाडौं- राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेकाले सचिवालयको बैठकको बहसको औचित्य नभएको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरुले निष्कर्ष निकालेका छन्।
आकस्मिक रुपमा बोलाइएको बैठकमा अध्यादेशबारे पूर्वछलफल नभएकोप्रति सचिवालयका सदस्यहरुले आपत्ति जनाएका थिए। प्रतिउत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेकाले थप छलफलको औचित्य नभएको प्रष्टिकरण दिएका थिए।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशका विषयमा गम्भिरतापूर्वक छलफल भएको जानकारी दिए। कोरोना महामारीको समयमा जुध्ने समय प्रमुख कार्यभार नेकपा सरकारमा रहेको उनले उल्लेख गरे।
संवैधानिक निकायहरुमा पदपूर्ति गर्न नसकिएको कारण देखाउँदै संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएको प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए।
राष्ट्रिय महत्वको विषयमा पूर्वछलफल नभई अध्यादेश पारित गर्नुलाई अन्य सदस्यले आपत्ति जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।