काठमाडौं- नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीप्रति सचिवालयका अधिकांश नेताहरुले छलफल नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसहित माधवकुमार नेपाल र झलनाथ खनालले असन्तुष्टि जनाएका हुन्।
उनीहरुको असन्तुष्टिपछि सचिवालयले पार्टीका यस्ता निर्णयहरुमा गम्भीर छलफल गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायाणकाजी श्रेष्ठले बताए।
‘अध्यादेश जारी भएको हामीले थाहा पाएका छौं। गम्भीर राजनीतिक महत्वको विषय भएकाले यसमा सबैले आ-आफ्नो कुरा राख्नुभयो। गम्भीर राजनीतिक महत्वको विषय भएको र यसअघि उक्त विषयमा छलफल नभएकाले छलफल गर्न बैठक बसेको हो।’ श्रेष्ठले भने‚ ‘बैठकमा प्रधानमन्त्रीले आफ्नो विषय प्रस्तुत गर्नुभयो र सबै सदस्यले आफ्नो धारणा महत्वको साथ राख्नुभएको छ। जारी भइसकेकाले यसले नयाँ केही गर्ने अवस्था भएन। विभिन्न ढङ्गले कुरा राख्ने कुरा भयो। पार्टीभित्र गम्भीर छलफल गर्ने र उपयुक्त ढंगले निर्णय गर्ने निष्कर्ष सचिवालय बैठकले निकालेको छ। अन्त्यमा सरकारका तर्फबाट जारी गरिएको अध्यादेश जारी भइसकेकाले अब थप छलफल गर्नुको औचित्य रहेन। यस्ता विषयमा विधि सम्वत निर्णय गर्नुपर्ने कुरा भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।