काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेश गम्भीर असहमति राख्दै इतिहासकै सबैभन्दा दुःखद घटना भएको जनाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाद्वारा केहिबेरअघि जारी विज्ञप्तिमा अध्यादेश जारी हुनुलाई संकटको घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु यो ‘बेमौसमी बांसुरी’ भएको उल्लेख गरेका छन्।
सरकारको आपत्तिजनक गैह्र जिम्मेवार प्रवृत्ति देखिएको टिप्पणी गर्दै सभापति देउवाले राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उल्लंघन गरेको जनाएका छन्।
नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपिल गर्दछ।
कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको समयमा संवैधानिक परिषदसम्बन्धी र राजनैतिक दलसम्बन्धि दुई अध्यादेश जे जारी गर्नुले सरकार नागरिकको जीवनप्रति गम्भीर नभएको उल्लेख गरिएको छ।
दुवै अध्यादेशप्रति नेपाली कांग्रेसले संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको व्यवस्थालाई निस्तेज पारेको जनाएको छ। वर्तमानको प्रमुख दायित्व कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु रहेको सरकारलाई स्मरण गराइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।