काठमाडौं- नेकपा सचिवालय कमिटीको बैठक समापन भएको छ। बैठक समापन भएलगत्तै प्रधानमन्त्रीसहितका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि शितल निवासतर्फ लागेका छन्।
बैठकमा प्रधानमन्त्रीले नेताहरुलाई अध्यादेश नेकपा फुटाउन ल्याएको होइन भन्दै प्रधानमन्त्रीले आधा घन्टा ब्रिफिङ गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास गएका हुन्।
आजै सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन्। उनी राष्ट्रपति कार्यालयमा कुन विषयमा छलफल गर्नका लागि गएका हुन् भन्ने चाँहि खुल्न बाँकी छ।
सचिवालय बैठकमा भने सरसकारले ल्याएको विधेयकका विषयमा छलफल भएको थियो। सहभागी एक मन्त्रीले नेपाल लाइभसँग भने, 'यो अध्यादेश नेकपा फुटाउन ल्याएको होइन भनेर आधा घण्टा ब्रिफिङ गरेका थिए।'
पार्टीभित्र आगामी दिनमा राष्ट्रिय महत्वका विषमया छलफल गर्नुपर्ने बैठकमा सबैले धारणा राखेको बैठकपछि बाहिरिने क्रममा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले बताए। तर उनले नेताहरू राष्ट्रपति कार्यालय गएको विषयमा भने जानकारी नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।