• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेश ल्याउनुका तीन अन्तर्य

64x64
डिबी खड्का सोमबार, वैशाख ८, २०७७  २०:२४
1140x725

काठमाडौं- सोमबार मन्त्रिपरिषद्‍को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश पारित गराए। केही समयमै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरिन्।

तीव्र गतिमा भइरहेको यो निर्णय प्रक्रियाले राजनीतिक वृत्त तरंगित छ। तर किन यसो भइरहेको छ भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै दोस्रो तहका नेताहरु अज्ञात छन्। उनीहरु भन्छन्- 'जे भइरहेको छ। शीर्ष तहमै भइरहेको छ।'

घटनाक्रम हेर्दा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुका तीन अन्तर्य छन्। त्यसमध्ये पहिलो नेकपामै अल्पतमततिर धकेलिन थालेका केपी ओलीले बलियो बन्दै गएको प्रचण्ड-माधव खेमालाई धम्की दिनलाई हुनसक्छ। कुनैबेला जनतामाझ असाध्यै लोकप्रिय थिए ओली। उनलाई प्रधानमन्त्रीबाट हटाउन आँट नेकपाका नेताहरुले गर्न सक्दैनथे। तर प्रधानमन्त्री ओली पछिल्लो समय निरन्तर अलोकप्रियताको ओरालो यात्रामा छन्। कोरोना भाइरस सन्त्रासमा उनको निष्क्रियता र उनका निकटस्थहरुको अनावश्यक सक्रियताको अपजस उनलाई छ।

पछिल्ला केही दिनमा त उनी आफ्नै बोलीबाटसमेत आलोचित भइरहेका छन्। लकडाउनमा अलपत्र परेका मजदुरहरुको उद्धार गर्नुका सट्टा त्यसबारे आएका समाचारसँग भिडिरहेका छन्। सरकार होइन, पार्टीलाई नै असर गर्ने यो खालको कामकारबाही नेकपा नेताहरुलाई चित्त बुझेको छैन। मेडिकल सामग्री खरिद अनियमितताको आरोप लागेका उनी निकटस्थ दुई मन्त्रीको बचाउ पनि सान्दर्भिक ठहरिएन।

प्रधानमन्त्री ओली निष्क्रिय छन्।  तर कोरोनासम्बन्धी काम गर्ने उच्चस्तरीय समितिको संयोजन ओलीनिकट नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्छन्। समितिले गरेको मेडिकल सामग्री खरिद निर्णय विवादित बन्यो। कोरोना भाइरस नियन्त्रणसम्बन्धी काम ठीक ढंगले हुन नसकेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठहर छ। त्यसपछि उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको कुरा उठाए। जुन ओलीले ठाडै नकारे। पछिल्ला गतिविधीबाट शक्ति ह्रास हुँदै गएको महसुस गरेका ओलीले आफू बलियो भइरहन अध्यादेशको आड लिएका हुन्। यही अध्यादेशमा टेकेर उनलाई सत्ताच्यूत गर्न चाहने नेकपाको भैंसेपाटी खेमालाई धम्क्याउने छन्। 

अध्यादेशका दोस्रो निशाना यतिबेला सरकारभन्दा पर बसेर आलोचक बनिरहेका मधेश केन्द्रीत पार्टी पनि हुन्। उनीहरुलाई फुटाएर आफ्नो शक्ति बलियो बनाउन चाहन्छन् प्रधानमन्त्री ओली। यसमा एक हदसम्म नेकपा अध्यक्ष प्रचण्डको पनि समर्थन देखिन्छ। किनभने प्रचण्डलाई जानकारी नै नदिई उक्त अध्यादेश ल्याइएका होइन। प्रचण्डलाई यिनै साना दलभित्र खेल्न आफूले उक्त अध्यादेश ल्याउन लागेको ब्रिफिङ प्रधानमन्त्री ओलीले गरेका छन्। प्रचण्डनिकट नेकपा नेता हरिबोल गजुरेलले हिजो नै अध्यादेश ल्याउने जानकारी प्रचण्डलाई भइसकेको बताएर पुष्टि गरेका छन्। 

प्रचण्डले जानकारी पाएपनि उनले आफू निकटस्थ दोस्रो तहका नेकपा नेता मात्रै होइन पूर्व माओवादी केन्द्रका मन्त्रिपरिषद्‍मा रहेका नेताहरुलाई समेत बताएनन्। जसले गर्दा राजनीतिक तरंगको वेग बढ्यो। मन्त्रीपरिषद्‍मा रहेका माओवादी नेता अल्मलिए। त्यो तरंगलाई प्रचण्डले त्यसलाई सचिवालय बैठक बोलाउन लगाएर अर्को तहमा पुर्‍याएका छन्। 

पछिल्ला केही महिनाकै राजनीतिक ग्राफको विकासक्रम हेर्दा यसको निशानामा साना दल समेत रहेको बुझ्न मुस्किल छैन। नेकपामै अल्पमतोन्मुख ओलीले बलियो हुनका लागि मधेश केन्द्रीत दलहरुलाई फुटाएर सरकारमा सहभागी गराउन केही महिना अघिदेखि नै खोजिरहेका छन्। समाजवादी पार्टी नेपाल सरकारबाट हटेलगत्तै प्रधानमन्त्री ओलीले राजपालाई सरकारमा ल्याउने कसरत गरेका थिए। राजपाका केही शिर्ष नेता सरकारमा आउन खोजेपनि केहीले विज्ञप्ति निकालेरै बिरोध गरेपछि त्यो टर्यो। अध्यादेशपछि राजेन्द्र महतोले फोहरी खेल खेलियो भन्नुले पनि यसको पुष्ट्याइँ गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी समाजवादी पार्टी नेपालमा ओलीले अन्तिमसम्म आफूनिकट राखेका केही नेता छन्। तीमध्ये तत्कालीन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईसँग ओलीले सम्बन्ध कायम राखे। उपप्रधानमन्त्री उपेन्द्र यादवसँग बोलचाल बन्द हुँदा पनि मन्त्रिपरिषद्‍मा राईसँग हार्दिक सम्बन्ध थियो। राईलाई अघि सारेर उक्त पार्टी फुटाउन प्रधानमन्त्री ओलीले प्रयास गर्न सक्ने धेरैको अनुमान थियो। जुन यतिबेला यथार्थमा परिणत हुन सक्छ। 

धेरैले अनुमान नगरेको तर राजनीतिज्ञले धेरै प्रयोग गर्ने 'फेस सेभिङ'को उपाय पनि यो अध्यादेश हुन सक्छ। यतिबेला ओली सरकार आलोचनाको केन्द्रमा छ। सरकारले कामै नगरेकोमा आलोचना भइरहेको छ। गरेका हरेक काम विवादित भइरहेका छन्। विशेषगरी ओलीले अतिनिकटमा राखेका मन्त्रीहरुको सार्वजनिक छवि धुमिल हुँदै गएको छ। उनीहरुलाई वर्खास्त गर्नुपर्नेसम्मका माग पार्टी भित्रै उठेका छन्। 

नामै किटेर उनी निकट दुई मन्त्री र एक सल्लाहकार हटाउन उनकै गुटका नेताले सल्लाह दिएका छन्। यसले उनलाई ठूलो धर्मसंकटमा पारेको छ। चुलिँदो आलोचनाबाट सरकार र आफू निकटस्थलाई जोगाउने उनीसँग उपाय नै छैन। लामो लकडाउनमा अलपत्र परेका नागरिकका गुनासो बढ्दो छ। ती गुनासो आमसञ्चारका मुख्य विषय भइरहेका छन्। यसले सरकारलाई हानी माथि हानी गरिरहेको छ। जसको 'इरिटेसन' उनले हालसालै राससलाई दिएको अन्तर्वार्तामा देखिन्छ। 

त्यसकारण विषयान्तर गर्नका लागि केही गर्न खोजे जस्तो  गरेर केही पनि नगर्नका लागि अध्यादेश ल्याइएको पनि बुझ्न सकिन्छ। प्रतिपक्ष दल र सञ्चारमाध्यम यही विषयमा केन्द्रीत हुनेछन्। सरकारको कमजोरीबाट पिडित नागरिक सञ्चारमाध्यमका प्राथमिकतामा पर्ने छैनन्। राजनीतिक तरंगको समाचार अग्रपृष्ठमा आउनेछ।  सवैको ध्यान त्यतैतिर  मोडिनेछ।

समयका हिसाबले गलत कदम भएपनि ओलीले आफूलाई जोगाउन चालेको 'सही' कदम हो। घटनाक्रम हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने अध्यादेश बारुद नभरिएको बन्दुक हो। धम्काउन काम लाग्न सक्छ तर तत्काल पड्किहाल्दैन। हतियार हातमा भए चाहिएको समय गोली भरेर राजनीतिक शिकार गर्न त ओलीलाई कसले सिकाउनु पर्ला र?

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २०:२४
  • #oli

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन अध्यक्ष ओलीले शुक्रबार टोलीलाई बिदाइ गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्देशन दि... शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले ज... शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्