काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१)पार्टी फुटाउन सजिलो पर्ने गरी अध्यादेश ल्याउँदै सरकार, पार्टीको संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत र्पुयाए पार्टी फुटाउन मिल्ने । ( पार्टी फुटाउन सहज बनाउँदै सरकार)
२) फास्ट ट्रयाकको परामर्शदाता छान्न सेनाको हतारो, सार्वजनिक खरिद अनुगमन कार्यालयले सबै प्रक्रिया कानुनसम्मतः गराउन लेखेको पत्रको व्यवास्ता, अख्तियारदेखि खरिद अनुगमनसम्म उजुरी । (सेनाको हतारो)
३) प्रहरीले पक्राउ गरेका अभियुक्तलाई अब अदालतमा उपस्थित नगराई प्रहरी कार्यालयबाटै म्याद थप गर्न पाउने, आइतबार मात्रै भिडियो कन्फरेन्सबाट १२ जनाको म्याद थप । (प्रहरी कार्यालयबाटै म्याद थप)
४) इंग्लिस क्लब म्यानचेस्टर सिटीले भित्र्यायो पेरुका १६ वर्षीय युवा डिफेन्डरलाई आफ्नो क्लबमा, सिटीमा अनुबन्धित भएपछि आफ्नो सपना पूरा भइरहेको एगुइलरको भनाइ । ( सिटीले भित्र्यायो युवा डिफेन्डर)
५) र, कोरोनाका नाममा विश्वभर बढ्यो साइबर अपराध, प्रयोगकर्तालाई कुनै सफ्टवेयर डाउनलोड गर्न र त्यही बहानामा रकम माग्ने प्रयास, दैनिक १० करोड ‘फिसिङ इमेल’ ब्लक गर्दै गुगल । (बढ्यो साइबर अपराध)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।