काठमाडौं- काठमाडौंमा तरकारी व्यवसाय गरिरहेका व्यवसायीहरुले कीर्तिपुरको छात्रवासमा बसोबार गरिरहेका विद्यार्थीलाई तरकारी वितरण गरेका छन्। महोहरा कृषि बजारका व्यवसायी र बजार व्यवस्थापन मिलेर तरकारी वितरण गरेका हुन्।
महोहरा कृषि बजार व्यवस्थापन समितिका सञ्चालक समिति सदस्य महेश्वर कोइरालाको संयोकत्वमा १०५ विद्यार्थीलाई तरकारी वितरण गरिएको हो।
राहत वितरण गर्नेले चामल, तेल र दाल मात्रै वितरण गरेकाले विद्यार्थीलाई तरकारी खरिद गर्न अफ्ठेरो परेकोले राहतस्वरुप तरकारी वितरण गरिएको कोइरालाले जानकारी दिए।
उनले व्यवसायीबाट संकलित ८ देखि १० केजीको प्याकेजिङ गरेर विद्यार्थीलाई वितरण गरिएको बताए।
कोरोना भाइरसको जोखिमका कारण लकडाउन गरिएसँगै विद्यार्थीलाई बजारसम्म पुगेर तरकारी खरिद गर्न समस्या परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।