काठमाडौं- प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवा भएका १० जना डिआइजीहरुको पदस्थापन गरिएको छ।
जसअनुसार घनश्याम अर्याललाई गण्डकी प्रदेश, प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, वसन्तकुमार पन्त कर्णाली प्रदेश, इश्वरबाबु कार्कीले प्रदेश १ को जिम्मेवारी पाएका छन्।
त्यसैगरी सहकुलबहादुर थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो-सिआइबी), धिरजप्रताप सिंह प्रदेश २, वसन्तकुमार लामा बागमती प्रदेश, रविन्द्रबहादुर धानुक प्रदेश ५, उत्तमराज सुवेदी सुदूरपश्चिम प्रदेश र अरुणकुमार बिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पदस्थापन गरिएको छ।
यसअघि प्रदेश २ मा कार्यरत रहेका डिआइजी प्रद्युम्न कार्कीको विशेष ब्यूरोमा र सिआइबीमा रहेका निरज शाहीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।