काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य गगन थापालाई बधाइ दिएका छन्। सांसद्समेत रहेका थापाले कोरोना भाइरसको आरडिटी परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ रहेको पोस्ट गरेपछि कम्मेन्टमा शर्माले उनलाई बधाइ दिएका हुन्।
'यो समय अन्य कुरामा अल्मलिने समय होइन, यसरी खुरुखुरु जिम्मेवारी निभाउने समय हो! बधाई ब्रदर!,' शर्माले लेखेका छन्।
काठमाडौं महानगरपालिका वडाहरू ६, ७, ८ र ९ मा र्यापिड टेस्ट भएको थापाले पोस्ट गरेका थिए।
यसमा सहभागीहरू र सहयोग गर्ने वडावासीलाई धन्यवाद दिए र स्वास्थ्यकर्मीहरुको प्रशंशा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।