काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ। बेलुका साढे ५ बजेका लागि बैठक बोलाइएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक बस्न लागेको जानकारी दिएका हुन्।
आजै बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न सहज हुने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाको भविष्यमाथि अनेक आकलन भइरहेको छ। कतिपयले पार्टीभित्र बढ्दै गएको असन्तुष्टिको निकास खोज्ने प्रयास हुनेसक्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद्को पछिल्लो निर्णयकै वरिपरि रहेर छलफल हुनसक्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।