नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घण्टामा काेराेना भाइरसका कारण ३६ जनाकाे मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा थप १,५५३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले सोमबारकाे प्रेस ब्रिफिङ्गमा याे जानकारी गराएका हुन्। उनका अनुसार २,५४६ जना काेराेनाका बिरामी निकाे भएका छन्।
भारतमा अहिलेसम्म काेराेना भाइरस संक्रमितकाे संख्या १७,२६५ पुगेकाे छ भने ५४३ जनाकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।