एजेन्सी- सिंगापुरमा एकैदिनमा १४२६ जनामा कोरोनाको संक्रमण देखिएको छ। यो सिंगापुरका लागि अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो।
सिंगापुरको दक्षिणपूर्वी भागबाट ८ हजारभन्दा धेरै संक्रमित भएको जनाइएको छ‚ जुन आँकडा इन्डोनेसिया र फिलिपिन्सको भन्दा पनि बढी हो।
प्रशासनले भने विदेशी कामदारमा धेरै संक्रमण देखिएको जनाएको छ। संक्रमितमध्ये १६ जना संगापुरका नागरिक रहेको र अन्य सबै विदेशी कामदार‚ जो सिंगापुरमा काम गर्दै आएका छन्‚ उनीहरूमा देखिएको जनाएको छ।
केही दिनअघि कोरोना नियन्त्रणमा आएको भनेर विश्वभरी नै उदाहरण बनिरहेको सिंगापुरले अहिले दिनप्रतिदिन औद्योगिक क्षेत्रसँग सम्बन्धित कामदारहरूमा यसको संक्रमण अत्यधिक मात्रामा देखिएको बताएको छ।
थोरै कमाइ भएका दक्षिण एसियाका करीब ३ लाख कामदारहरू सिंगापुरको निर्माण र मेन्टेनेन्ससम्बन्धी काम गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।