काडमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा सर्जिकल र औषधि सामग्री बेच्ने एक पसललाई कारबाही गरेको छ। विभागले त्रिपुरेश्वरमा रहेको इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्सलाई कारबाही गरेको हो।
सर्जिकल सामग्री र किटनाशक औषधि बेच्ने उक्त पसलले सोडियम हाइपोक्लोराईड बढी मूल्यमा बिक्री गरेको पाइएकाले २ लाख रुपैयाँ जरिवाना गरिएको हो। सोडियम हाइपोक्लोराईड अस्पताल, घर, गाडी, सडक आदि स्थानलाई किटाणुरहित (डिसइन्फेक्सन) गर्न प्रयोग हुने किटनाशक औषधि हो।
विभागको टोलीले सोमबार अनुगमनका क्रममा उक्त पसलले डिसइन्फेक्सनमा प्रयोग हुने औषधिको मूल्यमा बढी रकम असुलेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको बजार अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।