काठमाडौं- सरकारले दल विभाजन गर्न सजिलो पर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ। पार्टीको संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत पुर्याए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरषद्ले गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको नाम उल्लेख नगर्ने सर्तमा एक मन्त्रीले नेपाल लाइभसँग बताए।अध्यादेश ल्याउनुको कारण र त्यसमा समेटिने अन्य प्रावधानका विषय भने उनले खुलाउन चाहेनन्। राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत बहुमत हुनुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।