भक्तपुर नगरपालिका
भक्तपुर–भक्तपुर नगरपालिकाले एसइईलक्षित कक्षा सञ्चालन गरेको छ। नगर शिक्षा स्रोत व्यक्ति कृष्णप्रसाद कर्माचार्यका अनुसार भादगाउँ टेलिभिजनमार्फत् हरेक साँझ ५ बजे देखि ८ बजेसम्म विभिन्न विषयको कक्षा सुरु भएको हो। कक्षा सञ्चालन बैसाख ३ बाट सुरु भएको हो।
‘तयारी गरेको परीक्षा दिन नपाएका विद्यार्थीलाई पछि परीक्षा दिन सहज होस् भनेर कक्षा सञ्चालन गरेका हौँ,’कर्माचार्यले भने,‘मलाई लाग्छ सबै विद्यार्थी लाभान्वित भएका छन्।’
उक्त कक्षा सबै विद्यार्थीले हेरेका छन्, छैनन् भनेर सम्बन्धित विद्यालयमा सम्पर्क गरेर बुझ्ने प्रयास भइरहेको कर्माचार्यले बताए। विद्यार्थीले पढाएको विषयबस्तु नबुझे शिक्षकलाई फोनमार्फत् सोध्न सकिने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।