तिलोत्तमा- औद्योगिक घराना पञ्चकन्या समूहमा कार्यरत कर्मचारीले रुपन्देहीकाे तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोग गरेका छन्। पञ्चकन्यामा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमिकबाट केहि दिनको रकम कट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन्।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले ५ लाख रुपैयाँ सहयोग गरेको उनीहरुले बताए। कर्मचारीहरुले जम्मा गरेकाे ५ लाख रुपैयाँको चेक पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र शाहुले तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गरेका हुन्। सो अवसरमा पञ्चकन्याले नगरपालिकालाई १ हजार मास्कसमेत प्रदान गरेको छ।
पञ्चकन्या समूहले त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरलाई चैत्र महिनाको सम्पूर्ण पारिश्रमिक प्रदान गरिसकेको महाप्रबन्धक शाहुले उल्लेख गरे। उक्त कार्यक्रममा पञ्चकन्या समूहका प्रशासन प्रबन्धक राजेन्द्र ज्ञवाली, मानव शंसाधन प्रमुख सुनिल कुमार कुसहवा, लेखा तथा वित्त प्रबन्धक सगुण खनाल तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत माधवप्रसाद शर्मा लगायतकाे उपस्थिति रहेको थियो।
नीजि क्षेत्रको औद्योगिक घरानाका कर्मचारीले हस्तान्तरण गरेको यो रकम प्रदेश ५ मा पहिलो ठूलाे हो।पञ्चकन्याले प्रदान गरेको रकम बुझ्दै नगरप्रमुख घिमिरेले हालसम्म तीन वटा संस्थाले ५ लाख तथा त्यसमाथिको रकम हस्तान्तरण गरेको बताए। उनले हाल सम्म ५ लाख रुपैयाँ हस्तान्तरण गर्नेमा पञ्चकन्या समूहको कर्मचारी परिवार र तिलोत्तमामा रहेका दुई वटा खानीपानी संस्था रहेका छन्।
प्रमुख घिमिरेले पञ्चकन्या समूहलगाएतका संघसंस्थाले दिएको राहत रकम तथा जिन्सी सामग्रीलाई पूर्ण सदुपयोग गर्दै प्रकोपमा परेकाहरुमा खर्चिने बताए। उनले राहत नपाएकाहरुलाई प्राथमिकतामा राखेर वितरण गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।