काठमाडाैं- अमेरिकामा सोमबार कच्चा तेलको मूल्य १५ डलर प्रति ब्यारेल भन्दा तल झरेकाे छ। पछिल्लो दुई दशकमा यो कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट हो। यो गिरावटको पछाडि कोरोना भाइरसको संकट मानिएको छ।
विश्वभर तेलको माग कम हुदाँ र उत्पादन कमी गर्न सम्झौता गर्न ढिलाई हुदाँ मूल्यमा भारी गिरावट आएको मानिँदै आएको छ। सोमबारको सुरुवाती कारोबारको समयमा अमेरिकी बेन्चमार्क बेस्ट टेक्सस इन्टरमीडिएटमा १९ प्रतिशतभन्दा धेरै गिरावट आएको थियो।
कच्चा तेलको मूल्यमा तीव्र रुपमा गिरावट हुँदै १४.७३ डलर प्रति ब्यारेलसम्म पुगेको छ। केही समयपछि बजार स्थिर हुँदै १५.७८ डलर प्रति ब्यारेल पुगेको थियो। यसबाहेक अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेंटमा पनि कच्चा तेलको मूल्य ४.१ प्रतिशतले गिरावट आएको छ।
यहाँ तेलको मूल्यमा २६.९३ डलर प्रति ब्यारेलसम्म मूल्य झरेको थियो। कोरोना भाइरसको संकट र जारी लकडाउनका कारण सवारीसाधन रोकिएका छन्। जसको असर विश्वको तेल बजारमा परेको छ।
यसभन्दा पहिले तेल उत्पादक देशहरुको समूह ओपेकका प्रतिनिधिहरुका बीचमा सम्झौता हुन सकेको थिएन। तर रुस र साउदी अरबका बीचमा एक सम्झौता भएको थियो। ओपेक र ओपेक प्लसका देशहरुले प्रत्येक दिन एक करोड ब्यारेल तेल उत्पादन गर्न सहमत भएका थिए। तर पनि विश्व बजारमा तेलको मूल्य लगातार खस्किरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।