काठमाडौं-जनकपुरका सडकमा पैसा छर्दै आतंक फैलाउन खोजेको पुष्टि नभएपछि पक्राउ परेका दुवै महिला रिहा भएका छन्।
उनीहरुले पैसा छरेको नभएर साथमा भएको पैसा खसेको पुष्टि भएपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महावीर चोकमा दुई महिलाको साथबाट १० रुपैयाँका १५ वटा नोट सडकमा खसेका थिए।
संदिग्ध व्यक्तिले पैसा छर्दै हिँडेको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश २ प्रहरी कार्यालयमा आएपछि प्रहरी उक्त घटनाको अनुसन्धानमा जुटेको थियो।
त्यसपछि ती दुई महिलालाई प्रहरीले उनीहरुको घरबाटै पक्राउ गरेको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।