काठमाडौं-सात वर्षीया आफ्नी छोरीलाई झुण्ड्याएर मारेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ छपकैया टोलका २९ वर्षीय सञ्जय सर्राफ छन्।
उनले आफ्नै ७ वर्षीया छोरी अंशुलाई घरमा झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सर्राफले गत चैत १२ गते घाँटीमा कपडाको पासो लगाएर घरको माथिल्लो कोठाको किलामा झुण्डाएर छोरीको हत्या गरेका थिए।
हत्याको पोल खुल्ने भन्दै उनले छोरीले आत्महत्या गर्न लागेको भन्दै उपचारका लागि नारायणी अस्पातलमा लैजाँदा बाटामै मृत्यु भएको बताएका थिए। तर प्रहरीले ७ वर्षीया बालिकाले कसरी आत्महत्या गरिन् भनेर अनुसन्धान गर्दा हत्याको पोल खुलेको पर्सा प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले आइतबार सर्राफलाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।