काठमाडौं–नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राख्दै काउन्टर खुल्ला गर्ने निर्णय गरेको छ।
काउन्टर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरिने टेलिकमले जनाएको छ। काठमाडौं क्षेत्रीय निर्देशनालयअन्तर्गत सुन्धारा, बबरमहल, नक्साल, जावलाखेल, चावहिल, छाउनी, गोंगबु, गठ्ठाघर, बनेपा, मन्थली, चरिकोट, चौतारा, बाह्रबिसे र पाँचखाल कार्यायलका काउन्टरहरु उक्त समय खुल्ला रहनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।