एजेन्सी–इटालीमा आइतबार कोरोना भाइरस संक्रमणबाट ४३३ जनाले ज्यान गुमाएका छन्। यो तथ्यांक एक साता यताकै न्यून हो।
इटालीमा फेब्रुअरीदेखि हालसम्म २३ हजार ६ सय ६० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। मृतकको संख्यामा अमेरिका पहिलो नम्बरमा छ भने इटाली दोस्रो नम्बरमा छ। अमेरिकामा कोरोना संक्रमणबाट ४० हजारले ज्यान गुमाएका छन्।
इटालीमा नयाँ संक्रमितको संख्यामा पनि उल्लेख्य कमि आएको छ। इटालीमा आइतबार ३ हजार ४७ संक्रमित थपिएका छन्। १.७ प्रतिशतमात्र नयाँ संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।