एजेन्सी–प्रहरीको भेषमा रहेको एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा क्यानडाको नोभा स्कोटिया प्रान्तमा १३ जना मारिएका छन्। शनिबार सुरु भएर १२ घण्टासम्म चलेको उक्त गोलीकाण्डमा एक महिला प्रहरी अधिकारी र आक्रमणकारीसमेत मारिएका छन्।
घटनापछि उक्त प्रान्तको ग्रामीण क्षेत्र पोर्तापिकका बासिन्दालाई घरभित्रै बस्न प्रशासनले सुझाव दिएको छ। बन्दुकधारीले उक्त प्रान्तका विभिन्न स्थानमा गोली हानेकाले मर्नेहरुको संख्या अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुड्युले उक्त घटनालाई भयानक अवस्थाको संज्ञा दिँदै प्रान्तको अहिलेसम्मकै हिंंसात्मक घटना भएको बताएका छन्। नोभा स्कोटिया प्रहरीले आक्रमणकारी ५१ वर्षीय ग्याब्रियल वर्टम्यान भएको जनाएको र उ प्रहरी सेवामा नभएको प्रस्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।