काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमूना परीक्षण, कैलालीका युवा घर फर्किएसँगै नेपालमा ३१ जनामध्ये ४ जनाले जिते कोरोना । ( ४ जनाले जिते कोरोना)
२) चैत ११ देखिको लकडाउनले रोकिएको चाबहिल–गौशाला सडकको काम फेरि अघि बढ्यो, स्थानीयसँग समन्वय गरेर काम अघि बढाएको कालिका कन्सट्रक्सनको भनाइ । (सडकको काम फेरि सुरु )
३) त्रिभुवन पार्कमा पुग्ने पैदल यात्रीको संख्या २ सय ५० बढी पुग्यो, संख्या बढ्न थालेसँगै कलंकी, बल्खु र कीर्तिपुरका चोकमै यात्रीलाई रोकियो । (चोकमै रोकियो पैदल यात्री)
४) कोरोना भाइरसले रोकिएका फुटबल प्रतियोगिताहरु सुरु गर्ने मिति यकिन नहुँदा सिजन यत्तिकै सकिने खतरा, रेलिगेसनमा पर्ने टिम कसरी मिलाउने भन्नेमा बहस सुरु । ( फुटबल सिजनमा देखिए दुविधा )
५) र, चीन सरकारद्वारा कोभिड–१९ बारे गरिएका शोध निष्कर्षहरुमा नियन्त्रण गर्न सुरु, सरकारबाट वैज्ञानिक ‘रिभ्यू’ प्रक्रियामै हस्तक्षेप भएकोमा केही वैज्ञानिक त्रसित । ( शोध निष्कर्षहरुमा नियन्त्रण सुरु)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।