ईलाम- फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका-७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सन्दिपले ‘ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो‚’ भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।